किनमेल र यात्रामा यसरी अपनाउनुहोस् स्वास्थ्य सतर्कता

मंगलबार, असोज २६, २०७८

काठमाडौं :  दसैंको चहलपहल सुरु भइसकेको छ । परिवारसँगै बसेर दसैं मनाउने भनेर मानिसहरू मूल घर जान थालिसकेका छन् । किनमेलका लागि व्यापारिक क्षेत्रमा भिडभाड बढेको छ । महामारीको बीचमा चाडबाड मनाइरहे पनि धेरैले कोरोना संक्रमणको पर्वाह गरिरहेका छैनन् । कोरोना संक्रमणदर केही घटे पनि जोखिम घटेको छैन । यसकारण यत्रा तथा किनमेल गर्दा स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरूको सुझाव छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संयोजक डा. शेरबहादुर पुनका अनुसार चाडबाडको समयमा स्वास्थ्य सतर्कतामा अझ बढी ध्यान दिनुपर्छ । पुन भन्छन्, ‘यो जमघट र भेटघाटको समय हो, तर संक्रामक रोगहरू यस्तै बेला फैलने जोखिम उच्च हुन्छ ।’

असोज–कात्तिकको समयमा मौसममा पनि परिवर्तन आउने भएकोले मौसमी फ्लु तथा सरुवा रोगहरू सजिलै तथा धेरै संक्रामक हुने गर्छ ।
 
बच्ने उपाय

  • काम नपरी घर बाहिर ननिस्कने ।
  • निस्कनै परे अनिवार्य मास्क लगाउने ।
  • अनावश्यक जमघट नगर्ने ।
  • भिडभाडको भएको ठाँउमा सकेसम्म नजाने ।
  • एक अर्काको बीचमा कम्तिमा दुई मिटरको दुरी राख्ने ।
  • बेलाबेला साबुन पानीले हात धोइरहने ।
  • स्यानिटाइजरको प्रयोग गर्ने ।
  • हाच्छँुय गर्दा वा खोक्दा कुहिनाले नाँक मुख छोप्ने ।
  • भेट्दा हात नमिलाउने, नमस्कार गर्ने बानीको विकास गर्ने ।

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १०:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार