समिट एयरको जहाजमा समस्या हुँदा धनगढी विमानस्थल अवरुद्ध

सोमबार, असोज २५, २०७८

धनगढी : उड्न लागेको विमान धावन मार्गको बीचमा रोकिएपछि धनगढी विमानस्थल अवरुद्ध बनेको छ ।

बाजुराका लागि उडान भर्ने क्रममा चक्कामा समस्या अएपछि समिट एयरको विमान धनगढी विमानस्थलको बीच धावन मार्गमा अड्किएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।

उनका अनुसार विमानको टायरमा प्राविधिक समस्या देखिएको छ, जसका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएको हो । समिट एयरको जहाज विमानस्थलको बीच धावन मार्गमा रोकिएपछि धनगढी विमानस्थलबाट अन्य उडनसमेत प्रभावित बनेका छन् ।

काठमाडौंबाट धनगढी आउने तालिका रहेको बुद्ध एयरको जहाज रोकिने भएको छ भने धनगढीबाट काठमाडौंका लागि उडान भर्न तयार रहेको श्री एयरको जहाजको उडान पनि स्थगित गरिएको जनाइएको छ ।

धावन मार्गबाट उक्त जहाज नहटाएसम्म अर्को उडान हुन नसक्ने विमानस्थल प्रमुख भट्टले बताए । उनका अनुसार जहाज ग्राउण्डेड भएको र धावनमार्गबाट हटाउने प्रयास भइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार