भैंसी चोरेको आरोपमा प्रहरी हिरासतमा रहेका थुनुवा रानाको मृत्यु

डडेल्धुरामा एक युवक मृत फेला
सोमबार, असोज २५, २०७८

धनगढी : कैलालीको टीकापुरस्थित प्रहरी हिरासतमा एकजना थुनुवाको मृत्यु भएको छ । भैंसी चोरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका सुर्खेतको चौकुने गाउँपलिका-३ वेतान बस्ने ३५ वर्षीय धनबहादुर रानाको हिरासतभित्रै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले रानालाई हिरासतभित्र रहेको शौचालयमा झुण्डिएकाे अवस्थामा फेला परेको बताए । शौचालयको भेन्टिलेसनको जाली च्यातेर झ्यालको सरियामा गञ्जीको डोरी बनाई रानाले आत्महत्या गरेको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।

मृतक रानालाई कैलालीको जानकरी गाउँपालिका-१ का पुलराम थारुको भैंसी चोरेको आरोपमा आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

डडेल्धुरामा एक युवक मृत फेला

डडेल्धुरामा एक युवक मृत फेला परेका छन्। जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँका १९ वर्षीय पदम नाथ सोही नगरपालिका–३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार