अवैध लागु औषधसहित तीन जना पक्राउ

आइतबार, असोज २४, २०७८

सिराहा : सिराहा प्रहरीले प्रतिबन्धित लागु औषधसहित तीन जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले सिराहा नगरपालिका-११ बुधौरा दशगजा क्षेत्रबाट सिराहा नगरपालिका-२१ लकडीगोठका १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरी राजविराज-९ का १९ वर्षीय निकित कुमारलाई नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीआर ३२ एजी ५५११ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्नेक्रममा उनीहरूको साथबाट नाइट्रोभेट १० एफ नामक प्रतिबन्धित लागु औषध १० पत्तासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट तीन थान मोबाइल पनि बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  २१:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार