दार्चुलामा दुई लाख बढी रकमसहित १२ जना जुवाडे पक्राउ

आइतबार, असोज २४, २०७८

दार्चुला : दार्चुलामा दुई लाख बढी रकमसहित जुवातास खेलिरहेका १२ जुवाडे पक्राउ परेका छन् ।

सदरमुकाममा रहेको महाकाली नगरपालिका-४ तिंकरखेडाबाट जुवातास खेलिरहेको अवस्थामा २ लाख ३७ हजार ३ सय ९७ रुपैयाँ सहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए ।

विशेष सुराकीका आधारमा आइतबार साँझ छापाहानेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।  

जुवाडेहरूको साथबाट ११ थान मोबाइल, १३ गड्डी तास, १ टेबल, १२ कुर्सी, भुइँमा बिछ्याएको फम बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका जुवाडेलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याएर सोधपुछ भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले बताए । प्रहरीले जुवाडेहरूको परिचय गोप्य राखेको छ ।

दसैं, तिहारका बेला रमाइलोका नाममा गाउँदेखि सदरमुकाम क्षेत्रमा जुवातास  खेल्ने विकृति बढ्दै गइरहेको छ । प्रहरीले बेला बेला यस्तै घटनामा जुवाडेहरूलाई पक्राउ गर्ने गरेको छ । 

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  २०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार