चित्रबहादुर केसीलाई कोरोना संङ्क्रमण

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य गम्भीर बनेको छ । केही दिनदेखि निमोनियाबाट पीडित केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 
मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचाररत केसीको स्वास्थ्य गम्भीर रहेको कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले विज्ञप्तिमाफर्त् जानकारी दिएका छन् । 
जनमोर्चाको केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएकोले उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरूको सहयोगबाट गर्ने निर्णय गरेको छ । सहयोगदाताहरूले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाको राष्ट्रिय जनमोर्चाको बैंक खाता १४२०००४१७३०१ मा सहयोग रकम जम्मा गरिदिन जनमोर्चाले अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १९:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार