सोसल मिडिया
Contact Us
युनिकोड
मस्को । विषाक्त मदिरा सेवनका कारण रुसमा १४ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेपछि २२ जना बिरामी भएकामा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गभर्नर डेनिस पास्लरले घटनाका बारेमा अनुसन्धान गरी दोषीमाथि कारबाही गराउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिइसकेका छन् । ओर्सक सहरमा विषाक्त मदिरा बनाएको अभियोगमा २९ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । प्रारम्भिक अध्ययनले ठूलो मात्रामा मदिरा बनाएर बेचेको देखाएको पनि अनुसन्धानकर्ताहरुको भनाइ छ । त्यसैका कारण अरू पनि धेरैको मृत्यु भएको हुन सक्ने दाबी गरिएको छ ।–एएफपी