सोसल मिडिया
Contact Us
युनिकोड
अबुजा । नाइजेरियाको एक गाउँमा अज्ञात बन्दुकधारीहरुले कम्तीमा पनि १० जना गाउँलेको हत्या गरेका छन् । उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । त्यस क्रममा कम्तीमा पनि १० जना गाउँलेको ज्यान गएको छ भने अरू केही घाइते भएका छन् । नाइजेरियाको उत्तरपश्चिमी कातासिना नामक राज्यको एक दुर्गम गाउँमा सो हत्या भएको हो । उक्त गाउँमा बुधबार राति सो हत्या भएको यहाँका स्थानीय सञ्चारमाध्यमहरुले बिहीबार जानकारी दिएका हुन् । उक्त राज्यका प्रहरी प्रवक्ता गाम्बो इसाले सो गाउँमा बन्दुकधारीहरुले दुःखद घटना गरेका बताएका छन् । उनका अनुसार नाम नखुलेका ती व्यक्तिले गाउँलेमाथि बन्दुकले हमला गरेका र त्यसमा परेर १० जनाको ज्यान जानाका साथै अरू ११ जना नराम्ररी घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल पु¥याइएको र त्यस हत्यामा संलग्नहरुको खोजी गरी घटनाको अनुसन्धान थालिएको पनि ती प्रवक्ताले जनाएका छन् ।– सिन्ह्वा