व्यापारी मृत्यु प्रकरणमा पाँचजना नियन्त्रणमा

बिहीबार, असोज ७, २०७८

बैतडी । एक व्यापारीको हत्या आशङ्कामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ ।  सुर्नया गाउँपालिका– ४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका ५५ वर्षीय कमलसिंह महरा आज बिहान मृत फेला परेका थिए । उनकोे टाउको, छाती र शरीरका अन्य भागमा चोट देखिएको  र अनुसन्धानका क्रममा हत्यामा  सम्लग्न भएकोे आशङ्कामा पाँचै जनालाई नियन्त्रणमा लिइएको  प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनले नियन्त्रणमा लिइएका सबै स्थानीयवासी भएको   र  अनुसन्धान चलिरहेकोले उनीहरूको नाम खुलाउन नमिल्ने बताउनुभयो महरालाई  सन्सेरीमाडौँकै एक पसल अगाडि मृत अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका लागि पाटन इलाका प्रहरी कार्यालयका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।
सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाडौंमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् । महरा पसल अगाडी मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । महराको टाउको, छाती र शरीरका अन्य भागमा घाउ रहेकाले उनको हत्या गरिएको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीको नेतृत्वको टोली घटनास्थलमा गएको छ ।- रासस

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार