कम्युनिस्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुदैनः वरिष्ठ नेता रामचन्द्र पौडेल

बिहीबार, असोज ७, २०७८
डिस होम विज्ञापन
Global Ime Bank

पर्वतको कुश्माबजारमा रहेको बिपी स्मृति भवनको उद्घाटनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई अनुरोध गरेका छन् । उनले भने, ‘हामी आफ्नै शक्तिले देशको ठूलो पार्टी हुने हो । कम्युनिस्ट फुटेका कारण ठूलो पार्टी हुने होइन ।’ वरिष्ठ नेता पौडेलले कांग्रेसमा आन्तरिक लोकतन्त्रलाई सबल बनाउनुपर्नेमा पनि जोड दिएका थिए । याे उद्घाटन भएको भवन ११ कात्तिक २०६६ मा शिलान्यास गरिएको थियो । भवन झण्डै १२ वर्ष पछि सम्पन्न भएको छ । कुल १ करोड ४७ लाखको लागतमा सो भवन निर्माण भएको हाे । भवनको उद्घाटन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  भर्चुअल (जुम) माध्यमबाट गरिएका थिए।

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १५:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार