सम्पदा बस्तीको महत्व नबिग्रने गरी पुनर्निर्माण कार्य गरेका छौं - रबिन्द्र महर्जन (भिडियो)

बिहीबार, भदौ १०, २०७८

रबिन्द्र महर्जन, वडा अध्यक्ष ललितपुर महानगरपालिका–२१ ‘जनप्रतिनिधिसँग शब्दपाटी’ कार्यक्रमका लागि हामी ललितपुर महानगरपालिका वडा नं २१ का वडा अध्यक्ष रबिन्द्र महर्जनको कार्यकक्षा पुग्दा उनी वडाले निर्माण गरिरहेको ल्याबका बारेमा छफलफल गरिरहेका थिए । वडा कार्यालयसँगै पराम्परागत शैलीमा भवन निर्माण गरी वडावासीलाई ल्याब सुविधा दिन २१ नं वडाले ल्याब निर्माण गरिरहेको छ । ‘नियमित नागरिक शुलभ स्वास्थ्य स्वास्थ्य सेव’ कार्यक्रममार्फत वडावासीलाई स्वास्थ्य सेवा दिने महत्वकाक्षी योजनाअन्तर्गत ल्याब स्थापना भइरहेको उनले जानकारी दिए । वडा अध्यक्ष महर्जनको यो योजनामा प्रतिव्यक्ति वार्षिक ६ सय रुपैयाँ तिरेर सदस्य लिएपछि वडावासीसीले वर्ष भर डाक्टरी सेवा निःशुल्क, ल्याबमा ५० प्रतिशत तथा औषधिमा ३० देखि ४० प्रतिशतसम्म छुटमा सेवा पाउने छन् । शब्दपाटीसँगको कुराकानीका क्रममा उनले विकास निर्माणका कामलाई गति दिएको बताउँदै आफूले सुरु गरेको योजना आफ्नै कार्यकालमा सम्पन्न गर्ने दृढता पनि व्यक्त गरे । शब्दपाटीले उनीसँग कार्याकायको चारवर्षे उपलव्धी, भविष्याका योजना, सम्पदा बस्तीमा पुनर्निर्माणलगायतका विषयम कुराकानी गरेको छ । भूकम्पले नराम्ररी प्रभावित क्षेत्र भएकाले सुरुमा काम गर्न गाह्रो भएको जनाउँदै उनले जनतासँगको हातेमालेमा काम गर्दा अप्ठ्यारो विस्तारै पन्छ्याउँदै लगेको बताए । हाल ८० प्रतिशत निजी आवास निर्माण भइसकेको जानकारी दिँदै उनले भने, ‘अब बाँकी २० प्रतिशत निर्माण कार्य पनि आफ्नो बाँकी कार्यकाल भित्रै सक्ने योजना बनाएको छु ।’ सिकाली क्षेत्रमा बाटो निर्माण, खानेपानी तथा ढल निकासका लागि दीर्घकालीन योजना तथा रुद्रायणी मन्दिर पुनर्निर्माणको विषयमा पनि उनले कुराकानीका क्रममा बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार