बाबुरामले भने- मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं, ३० वैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नरहेको दाबी गरेका छन् । आफूले गरेको गोप्य मतदान सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि विवादमा तानिएकाले त्यसबारे प्रस्ट पारेका हुन् । उनले सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै लेखेका छन्, 'लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन । गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन !'

उनले गोरखाको पालुङटार नगरपालिका-१ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा मतदान गरेका थिए । आफूले गरेको मतपत्रसमेत सार्वजनिक गरेका थिए । गोप्य हुने भनिएको मतदानको मतपत्र नै सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना भएको थियो । आलोचना भएपछि उनले गोप्य राख्न चाहनेलाई मात्र छुट दिने भनेको प्रस्ट पारेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार