मानिखेलका बलराम दुलालको गोठमा आगलागी, दुई लाख बराबरको क्षति

शनिबार, माघ १, २०७८

चापागाउँ (ललितपुर), १ माघ लक्ष्मण दुलाल दक्षिण ललितपुरको महाँकाल गाउँपालिका वडा न २ मानिखेल ( साविकको ४) पिपलबोटका बलराम दुलालको गोठमा आगलागी भएको छ । बिहान ७ बजे गाई भैसीलाई कडो पकाउने क्रममा आगलाली भएको हो । आगलागीबाट गोठ तथा गोठमा रहेको पराल, ढुटो दाना जलेर नष्ठ भएको छ । ईलाका प्रहरी कार्यालय टुङ्गुन गोटीखेलका प्रहरी हवल्दार प्रकाश श्रेष्ठले दिएको जानकारी अनुसार गोठ पूर्णरुपले क्षति भएको छ । आगलागी लगत्तै गाई, भैसीलाई छिमेकीको गोठमा स्थानीयको सहयोगमा ब्यावस्थापन गर्न सक्दा क्षति भएन् । गाउँपालिकाको वडासदस्यद्धय पार्वती तिमल्सिना र वडासदस्य गोविन्द बजगाँईको रोहबरमा गरिएको मुचुल्कामा आगलागीबाट २ लाख बराबरको क्षति भएको मुचल्का उठाइएको प्रहरी हवल्दार श्रेष्ठले जानकारी दिए । स्थानीय सीता बजगाँइले बिहानको समय र माघे सङकान्ति पर्व परेकाले गाउँले घरैमा रहेकाले २ ओटा भौसी, २ ओटा ग्राई , ५ ओटा बाख्रा र गोठ सँगै जोडिएको घर बचाउन सकेकाले ठूलो धन राशी जोगिएको बताइन् ।

 

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार