प्रदेश २ : मध्य-मधेश प्रदेश र राजधानी वीरगञ्ज बनाउनेबारे छलफल गर्न बैठक

बिहीबार, पुस २९, २०७८

जनकपुरधाम, २९ पुस : प्रदेश २ को नाम र राजधानीको विषयमा सहमति गर्न सर्लाहीदेखि पर्सा सम्मका ४ जिल्लाका सांसदहरुको रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार बैठक बसेको छ । 

नेपाली कांग्रेसका प्रदेश सांसद तथा मध्य मधेश प्रदेशका प्रस्ताव दर्ता गरेका राजेश्वर प्रसाद साहको अगुवाइमा सर्लाही, रौतहट, बारा र पर्साका सबै दलका सांसदहरुको बैठक बसेको हो । बैठकमा प्रदेशको नामाकरण मध्य मधेश र राजधानीको विरगञ्जको पक्षमा छलफल भएको छ । प्रदेशको नाम र राजधानीको विषयमा टुंगो लागउन सभामुख सरोज कुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले दलीय सहमति जुटाउन नसकेपछि नाम र राजधानीको विषयमा माघको पहिलो सप्ताह चुनाव हुने दलहरु बीच सहमति भएको छ । 

नाम र राजधानीमा निर्वाचन नै हुने भएपछि सर्लाहीदेखि पर्सा सम्मका सबै दलका सांसदहरु मध्य मधेश प्रदेश र राजधानी विरगञ्ज बनाउने विषयमा एकमत गर्नका लागि बैठक बोलाइएको बताइएको छ । 

सत्तारुढ दल भित्रै प्रदेश नामाकरणमा सरकारमा नेतृत्व गरिरहेका जनता समावादी पार्टी (जसपा), लोसपा, माओवादी केन्द्रका केहि सासदले मधेश प्रदेशको एजेण्डामा सहमति जुटाउन विरगंजलाई राजधानी बनाउनु पर्ने पक्षमा उभिएका छन् । 

बिहीबार भएको बैठकमा कांग्रेसका तर्फबाट प्रदेश सरकारमा मन्त्री रहेका ओमप्रकाश शर्मा, जसपतका तर्फबाट राज्यमन्त्री रहेका रौतहटका निवासी योगेन्द्र राय यादव, प्रदेशका निर्वातमान उद्योग मन्त्री तथा सर्लाही निवासी रामनरेश राय यादवको सहभागिता रहेको थियो । 

‘प्रदेशको नाम मध्यमधेश र राजधानी विरगञ्ज सम्बन्धि प्रस्तावमा सर्लाहीदेखि पर्सा सम्मका सासद, विभिन्न दलका नेताहरुको सर्वदलीय बैठक भएको छ  । त्यसमा सबै पार्टीका सांसदहरु आफ्नो प्रस्तावको विषयमा सकरात्मक रहेका छन् । हाम्रो पार्टीको प्रस्ताव मिथिला भोजपुरा भए पनि हामी मध्यमधेश प्रदेशको पक्षमा सहमतिको प्रयास गरिरहेका छौं', मध्य मधेश र राजधानी विरगञ्ज प्रस्ताव गरेका कांग्रेसका सासद राजेश्वर प्रसाद साहले भने,‘त्यसमा मधेश केन्द्रित दलका सांसदहरु सकरात्मक नै छैन । तर नेकपा एमाले, कांग्रेस, नेकपा एसले मध्यमधेश कुनै पनि हालतमा स्वीकार गर्ने अवस्थामा नरहँद हामीले पनि जनकपुरधामलाई राजधानी स्वीकार गर्ने अवस्थामा रहँदैनौ । त्यसकारण हामीले विरगञ्जको पक्षमा एकमतको लागि  छलफल सुरु गरेका छौं ।’

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  २२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार