Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

धना फाउण्डेशनद्धारा बल्खुमा निःशुल्क दन्त शिविर

बुधबार, पुस २८, २०७८

काठमाडौं, २८ पुस। लामो समयदेखि सामाजिक कार्यमा क्रियाशील समाजसेवी धना आचार्यको नामबाट स्थापित धना फाउण्डेशनले निःशुल्क दन्त शिविर आयोजना गरेको छ । काठमाडौंको बल्खुस्थित सुकुम्वासी बस्तीमा सञ्चालन गरिएको निःशुल्क शिविरबाट ८० जनाले सेवा लिए । 
गरिब तथा न्यून आय भएका परिवारलाई सेवा गर्ने उद्देश्यले सञ्चालन गरिएको सो शिविरमा निःशुल्क उपचार, निःशुल्क औषधि तथा निःशुल्क एक्सरे सेवा उपलब्ध गराइएको फाउण्डेसनकी अध्यक्ष धना आचार्यले जानकारी दिइन । नयाँ दाँत राख्ने कार्यमा भने कुल खर्चको ६० प्रतिशत फाउण्डेसनले वेहोर्ने उनले बताइन । निःशुल्क शिविरमा युनिभर्सल डेण्टल हस्पिटल नागार्जुन  स्युचाटार काठमाडौंले सहयोग गरेको थियो । शिविरमा दाँच देखाएका सर्वसाधारणले जनचेतासँगै उपचार पनि पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  २१:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार