न्यादी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि काराेबार हुने

बुधबार, मंसिर ८, २०७८

काठमाडौं, ८ मंसिर : न्यादी हाइड्रोपावरको आईपीओ नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको एक करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । 

बिहीबारबाट यसको सेयर कारोबार खुला हुनेछ । कम्पनीको पहिलो सेयर कारोबारका लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ । अब यही रेञ्जमा रहेर कम्पनीको सेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार