अब चिनियाँ विद्यालयले विद्यार्थीलाई लोड हुने गरी होमवर्क दिन नपाउने

आइतबार, कात्तिक ७, २०७८

बेइजिङ :  विद्यालय समयपछि दिइने होमवर्कका कारण अधिकांश बालबालिकामा मानसिक बोझ महशुस गर्छन् । यस्तै बोझलाई महशुस गर्दै चीनले एउटा शिक्षासम्बन्धी विद्येयक पारित गरेको छ । जसअनुसार कुनै पनि विद्यालयले विर्थाीलाई धेरै होमवर्क दिन पाउने छैनन् । चीनको नाम मात्रको संसद नेसनल पिपुल्स कंग्रेसले नयाँ विद्येयक पारित गरेर विद्यार्थीमा होमवर्कको लोड हटाउने कानुनी व्यवस्था गरेको हो ।  

सो कानुनको पूर्ण विवरण चिनियाँ सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छैनन् । तर, त्यसले अभिभावकलाई बालबालिकाको बौद्धिक विकास र नैतिकता  प्रदर्शन गर्न उत्प्रेरित गर्ने सरकारको दाबी छ । 

यसअघि सरकारले ६ र सात वर्षका बालबालिकाका लागि लिखित परीक्षाको व्यवस्था हटाएको थियो । सरकारले बालबालिकालाई पर्याप्त आराम गर्न र उनीहरूलाई धेरै समय इन्टरनेटमा झुम्मिने परिस्थिति नबनाउन आग्रह गरेको छ ।

गत बर्ष चीनले बालबालिकामा विद्यमान इन्टरनेट तथा पप संस्कृतिको कुलत घटाउन विभिन्न उपाय थालेको थियो ।

सरकारले ल्याएको नयाँ विद्येयकबारे त्यहाँको सामाजिक सञ्जाल विबोमा मिश्रित प्रतिकृया देखिएको छ । सरकारको कदमको प्रशंसा गर्नेले त्यसले बालबालिकाको शारीरिक र मानसिक बोझ हट्ने बताएका छन् भने आलोचकहरुले सो नियम कार्यन्वयन हुनेमा आशंका गरेका छन् । 

चार महिनाअघि मात्र सरकारले फाइदा उठाउने उद्देश्यले खोलिएका अनलाइन सिकाई केन्द्र बन्द गर्न निर्देशन दिएको थियो । सरकारले एउटा नयाँ कानून ल्याएर नै ती केन्द्र बन्द गरिदिएको थियो, जसका कारण करिब  १२० अर्ब अमेरिकी डलर बराबरको शैक्षिक व्यापार बन्द भएको थियो ।-एजेन्सी

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  ०८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार