रमेशको घरमै पुगेर चिरीबाबुले व्यक्त गरे समवेदना

शुक्रबार, कात्तिक ५, २०७८

ललितपुर । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले रमेश महर्जनप्रति श्रद्धाञ्जली अपर्ण गर्दै भैसीपाटीस्थित रमेशको घरमै पुगेर परिवारजनमा समवेदना व्यक्त गरेका छन् । कोभिड संक्रमित रमेशको उपचारको क्रममा निधन भएको उनका ज्वाइँ सुदीप महर्जनले जानकारी दिए । कात्र्तिक १ गते रमेशको निधन भएको थियो । रमेश नेपाल मण्डल टेलिभिजन, नेपाल सुनचाँदी तथा रत्न आभुषण महासंघका अध्यक्षको जिम्मेवारीमा थिए । ज्यापू समाजको सल्लाहकार समेत रहेका उनले नेपाल श्रीलंका चेम्बर अफ कमर्सको अध्यक्षको जिम्मेवारी समेत सम्हालिरहेका थिए । नगरप्रमुख महर्जनले रमेशको अल्पायुमै भएको निधनले आफू मर्माहत भएको बताए । उनले मृतकप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै कामना गरेका छन् । मृत आत्माको मोक्षप्राप्तिको कामना गर्दै रमेशको महानगर वडा नं १८ भैंसीपाटीस्थित घरमा बौद्धधर्म अनुसार समवेदना —श्रद्धाञ्जलि पूजा पनि गरिएको छ । रमेशको पत्नी, दुई छोरी र एक छोरा छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १३:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार