प्रधानन्यायाधीशले दुई मन्त्री मागेकाेबारे संसदमा उठ्यो कुरा 

शुक्रबार, असोज २२, २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद्मा भाग मागेको भन्ने विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले मन्त्रिपरिषद्मा दुईजना मन्त्रीको भाग मागेको विषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन् । कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायाधीश जबराविरुद्ध किन महाअभियोगको प्रस्ताव आएन भनेर उनले प्रश्न पनि गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १३:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार