आज पनि सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको भाउ स्थिर 

शुक्रबार, असोज २२, २०७८

काठमाडौं ।

दसैं लागेसँगै साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएकोमा शुक्रबार दुई सय रुपैयाँले बढेर ९० हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ । शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार २९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १७० रुपैयाँ काम भएको छ । बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रति १० ग्राम एक हजार तीन रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  ११:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार