त्रिविका पाँच पदाधाधिकारीलाई ‘आजिवन’ निःशुल्क उपचार गर्न त्रिवि शिक्षण अस्पताललाई पत्राचार

सुविधा पाउनेमा उपकुलपति, त्रिवि सेवा आयोगका अध्यक्ष, शिक्षाध्यक्ष, रजिष्ट्रार र त्रिवि सेवा आयोगका पाँच सदस्य
बिहीबार, असोज २१, २०७८
Global Ime Bank

काठमाडौं । त्रिभुवन विश्व विद्यालय, त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालय कीर्तिपुरले त्रिविका उपकुलपति, त्रिवि सेवा आयोगका अध्यक्ष, शिक्षाध्यक्ष, रजिष्ट्रार र त्रिवि सेवा आयोगका पाँचजना सदस्यलाई निःशुल्क उपचारको प्रवन्ध गर्न त्रिवि टिचिङ अस्पताललाई पत्राचार गरेको छ ।  ‘ती पदाधिकारी बहाल रहेको अवस्थामा वा पदाधिकारीबाट निवृत्त भई पूर्वपदाधिकारीको रुपमा रहँदा समेत स्वास्थ्य उपचार गराउनु पर्दा त्रिवि शिक्षण अस्पतालबाट दिइने सम्पूर्ण स्वास्थ्य सेवा वापतको शुल्क नलाग्ने व्यवस्था मिलाउन त्रिवि शिक्षण अस्पतालका निर्देशकज्यूहरूलाई अनुरोध गर्ने निर्णय भयो’ त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालयले टिचिङ अस्पताललाई पत्र लेख्दै भनेको छ ।  
शिक्षण अस्पताल, त्रिवि महाराजगञ्जलाई सम्बोधन गरी लेखिएको पत्र भदौ १ मा त्रिविले ५०४ दर्ता नम्बरमा दर्ता पनि गरिसकेको छ । 
त्रिविका सह–प्रशासकले त्रिवि सभा तथठा कार्यकारी परिषद्को निर्णय उदृत गर्दै प्रेषित गरेको पत्रमा, ‘त्रिवि कार्यकारी परिषदको मिति २०७३–३–१२ को बैठकको निर्णय नं ६१३ त्यस कार्यालयसँग सम्बन्धित भएकाले आवश्यक कार्यार्थ पठाइएको व्यहोरा अनुरोध गर्दछु’ भनि अवगत गराएका पनि छ

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १३:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार