दशैं बजार : भक्तपुरमा जौँ र मकैको व्यापार 

बिहीबार, असोज २१, २०७८

भक्तपुर : 

रुद्रामाया भेले एक पोको मकै र एक पोको जौँ लिएर भक्तपुरको टौमढीमा बेच्न बसिन् । 'जौँ लिनुस् । एक गिलासको १५ रुपैयाँ ।' उनले यसरी नै ग्राहक बटुल्छिन् ।

दुई दिन यता साँझ ५ बजे एक पाथी मकै र एक पाथी जौँ लिएर टौमढीमा व्यापार गर्न पुग्न थालेकी हुन् । उनी भन्छिन्, 'मोहनी नखा(दसैं) मा जौँ र मकैकाे जमरा राख्नुपर्छ । सबैलाई चाहिन्छ । त्यही भएर बेच्न आएकी हुँ ।' 

चाँगुनारायण नगरपालिकामा उनकाे खेत छ । मकै र जौँ उत्पादन गरेकी उनी दसैंकाे माैका छाेपेर बेच्न हिँडेकी हुन् ।

टौमढीका लक्ष्मीकुमार भेले पनि दुई पाथी मकै र जौँ लिएर व्यापार गर्न बसेका थिए । सहरमा जग्गा बेचेर घर बनाइसकेकाले दसैंमा जमरा राख्न मकै र जौँ नहुने हुँदा बेच्न आएको उनी बताउँछन् । 

 

उनी १० वर्षदेखि नै दसैंमा जौँ र मकैको व्यापार गर्दै आएका छन् । 'यो आफ्नै खेतमा उत्पादन भएको हो । दसैंमा पूजा गर्न मात्रै नभई जमरा राख्नको लागि पनि चाहिन्छ,' उनी भन्छन्,' पहिले वर्षको १०/१० पाथी मकै र जाैँ  बेच्थे । अहिले व्यापार कम छ ।'

उनी  ३० रुपैयाँ मानामा जाैं बेचिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  ११:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार