उपचारका लागि टिकट काट्ने पैसा थिएन, झाडापखालाले घरमै प्राण गयाे

बुधबार, असोज २०, २०७८

कपिलवस्तु :  

कृष्णनगर नगरपालिका ८ बहादुरगन्जका ४८ वर्षीय रामप्रसाद केवट दिउँसो ४ बजे शाैच गए । घरमा शौचालय नभएकाले उनी गाउँ नजिकैको खेतमा पुगेका थिए ।  चारपटकसम्म पातलो दिसा भयाे ।

दैनिक ज्याला मजदुरी गर्ने केवटले त्यो दिन काम पाएका थिएनन् । काम नभएपछि उनी घरमै थिए । राति ९ बजेपछि उनको स्वास्थ्यमा झन थप समस्या आउन सुरु भयाे । पातलो दिसासँगै बान्ता पनि भयाे । झाडा बान्ताका कारण केवटले उपचार नपाइ ज्यान गुमाए । 

केवटको घरदेखि शिवराज अस्पतालको दूरी करिब ३ सय मिटर छ । कृष्णनगर नगरपालिकाबाट सञ्चालित अस्पतालमा उपचारका लागि धेरै खर्च पनि लाग्दैन । २० रुपैयाँमा इमरजेन्सी टिकट काटेर उपचार गर्न सकिन्थ्यो । तर, केवट परिवारसँग टिकट काट्ने पैसासमेत थिएन । पैसा नभएपछि केवटका पत्नी दुखनाले अस्पताल जाने आँटसम्म गरिनन् । रात ११ बजे उनले घरमै प्राण गुमाए ।

‘अस्पतालमा लाग्ने टिकट काट्न पैसा थिएन । पैसा नभएपछि उपचार गराउन जान सकिन । दाह संस्कार गर्नसमेत छिमेकी वमन सिंहले कफन किनेर दिएका हुन्,’ दुखना भन्छिन् , ‘घरमा अरू कसैलाई केही भएको छैन । ४ बजे समस्या देखिए पछि ९ बजे सम्म ठिकै हुनु हुन्थ्यो । झाडापखालाको कारणले आफ्नो पति गुमाउँछु भन्ने लागेको थिएन । टिकट काट्न २० रुपैयाँ भएको भए अस्पताल पुराउँथे होला । ’

अति विपन्न केवट एक पत्नी तीन छोरा र दुई छोरीसहित सानो झुप्रोमा बस्दै आएका थिए । इँटा माथि इँटा खप्टाएर त्रिपालको छानो भएको उनको घर छ । रामप्रसादको मृत्यु भएपछि कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले ३ हजार रुपैयाँ सहयोग गरेका छन् ।

आर्थिक अवस्था अति न्यून भएको कारणले उनका छाेराछाेरीले स्कुल देखेनन् । भारत बस्दै आएका जेठा छोरो कोरोनाको कारणले रोजगारी गुमेपछि नेपाल बस्दै आएका छन् । माइलो छोरा तीन दिनदेखि स्थानीय प्लाई उद्योगमा काम गर्न लागेका छन् । कान्छी छोरीले घरमा पालेका बाख्रा चराउने काम गर्थिन् । तर केही महिना अघि पाँचवटै बाख्रा मरे ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  ०८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, असोज २०, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, असोज २०, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, असोज २०, २०७८