Dashain Banner
Dashain Banner

दशैं बिदामा पनि चौरपाटीका विद्यालय खुल्ने

मंगलबार, असोज १९, २०७८

अछाम : 

जिल्लाको चौरपाटी गाउँपालिकाले दशैं बिदा घटाएर पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष हर्कबहादुर साउँदको अध्यक्षतामा बसेको बैठकले घटस्थापनादेखि कार्तिक १ गतेसम्म मात्र विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दशैं बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदायिक विद्यालयलाई निर्देशन दिइएको गाउँपालिकाका अध्यक्ष साउँदले जानकारी दिए । 

उनका अनुसार सामुदायिक विद्यालयमा विगतका वर्ष जस्तो दशैं बिदा नदिइने र घटस्थापना देखि कार्तिक १ गतेसम्म मात्र बिदा दिइने छ । कार्तिक २ गतेदेखि विद्यालय नियमित सञ्चालन गरिने भएकोले दशैं लगत्तै विद्यालय फर्केर पठन पाठनलाई निरन्तरता दिन सम्पूर्ण शिक्षकहरूलाई गाउँपालिकाले आग्रहसमेत गरेको छ । यस अघिका वर्षमा घटस्थापना देखि दीपावलीको पछिल्लो दिन सम्म बिदा दिइने गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार