रिलायन्स लाइफको नगद लाभांश दिने घोषणा

मंगलबार, असोज १९, २०७८

काठमाडौं । रिलायन्स लाइफ इन्स्युरेन्सले अघिल्लो आर्थिक वर्ष (२०७६/०७७) को नाफाबाट नगद लाभांश दिने भएको छ । कम्पनीको १८ असोजमा बसेको इन्स्युरेन्सको सञ्चालक समितिको बैठकले सो आर्थिक वर्षसम्मको नाफाबाट करसहित कुल पाँच दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक बिमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार