सोसल मिडिया
Contact Us
युनिकोड
मकवानपुर । मकवानपुरमा आइतबार ६६ औं प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसका अवसरमा हेटौंडामा वृक्षरोपण, सरसफाई, मास्क वितरण कार्य गरिएको छ । कार्यक्रम उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हरेक नगरबासीले आफ्ना घरआँगन, बगैँचामा वृक्षारोपण गर्नुपर्ने बताए । जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको हेटौंडाको कर्रा खोला किनारमा वृक्षारोपण गरिएको हो । कार्यक्रममा अमला,आँप कटहरलगायतको विरुवा रोपिएको छ ।
यस्तै, हेटौंडा २ मा रहेको वनस्खण्डी मन्दिरको सरसफाई गरिएको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी दिवसको अवसरमा मन्दिर सरसफाइ गरिएको हो । मन्दिरको प्रवेशद्वारदेखि चढ्ने सिढी तथा परिसरमा रहेका पातपतिगंर हटाइएको थियो । चाडवाडमा मन्दिरमा दर्शन गर्न जाने भक्तजन र स्थानीयलाई सहयोग पुग्ने हिसाबले सरसफाई गरिएको जनाइएको छ ।
यस्तै, नजिकिएको चार्डपर्वसँगै बढदै गरेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रहरीले हेटौंडामा मास्क वितरण गरेको छ ।
हेटौंडाको बुद्धचोकमा मास्क नलगाई हिँड्ने पैदल यात्रीलाई मास्क वितरण गरिएको हो । प्रहरीले मास्क नलगाउनेलाई जरिवाना तिराउने र मास्क वितरणको कामलाई प्रभावकारी बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यक्रममा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी, प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की, राप्ती डिभिजन वन कार्यालयको दीर्घनारायण कोइरालालगायतको उपस्थिति थियो ।