राजविराजमा अख्तियारविरूद्ध मसाल जुलुस प्रदर्शन

शनिबार, असोज १६, २०७८

सप्तरी : 

मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) का युवाहरूले शनिबार साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।

जिल्लाका पार्टी निकट विद्यार्थी तथा युवाहरूले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

मसाल प्रदर्शन गर्ने क्रममा उनीहरूले ओलीको अख्तियार गुण्डा मुर्दावाद, मधेशविरोधी अख्तियार मुर्दावाद, संघीयता विरोधी अख्तियार मुर्दावाद, मधेश विरोधी अख्तियार प्रमुख राजीनामा देलगायतका नारा लगाएका थिए ।

सप्तरी सदरमुकाम राजविराजमा स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको मसाल जुलुस जनआन्दोलन चोकमा गएर टुंगिएको थियो ।

अख्तियारले छापा मारेपछि जसपाको प्रदेश समितिले जिल्लाहरूमा मसाल जुलुस प्रदर्शन गर्न आह्वान गरेको थियो । विरोधका कार्यक्रमअन्तर्गत आइतबार जिल्ला सदरमुकाम राजविराजलगायत सदरमुकाममा विरोध प्रदर्शन गरिने जसपाले जनाएको छ ।

प्रदेश २ सरकारले सञ्चालन गरेको बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अन्तर्गत छात्रालाई साइकल वितरण गर्दा भ्रष्टाचार भएको भन्दै बुधबार अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मार्दै कागजात नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  २१:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार