विश्व अहिंसा दिवसले मान्यता मात्र पाएको कि स्वीकार्यता पनि ?

शनिबार, असोज १६, २०७८

काठमाडौं ।  २ अक्टुबर अर्थात् विश्व अहिंसा दिवस । विश्वभर शान्ति, सुरक्षाको कामना गर्दै आज विश्व अहिंसा दिवस मनाइँदैछ । 

सन् २००७ मा संयुक्त राष्ट्र संघको महासभाले भारत स्वतन्त्रतामा योगदान पु¥याएका महान व्यक्तित्व महात्मा गान्धीको जन्मोत्सवको अवसर पारेर २ अक्टुबरलाई विश्व अहिंसा दिवस घोषणा गरेको थियो ।

विश्व अहिंसा दिवसका लागि सहमति जनाएका विश्वका १९३ देशले सन् २००८ देखि यो दिवस मनाउँदै आएका छन् । महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराउन अहम् भूमिका निर्वाह गरेका थिए । 

नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व अहिंसा दिवस मनाउने गरिन्छ । यस वर्ष पनि देशका विभिन्न संघसंस्थाले देशभर र्‍याली, अन्तर्क्रिया लगायत विविध कार्यक्रम आयोजना गरेका छन् । साथै हरेक वर्ष नेपालस्थित भारतीय दूतावासले दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै मनाउने गरेको छ । यस वर्ष पनि यसले निरन्तरता पाएको छ । 

के अहिंसा दिवस नारामा मात्र सिमित भएको हो त ?
एकातर्फ अहिंसा दिवस मनाउने र अर्कोतर्फ आणविकजस्ता घातक हतियारको परीक्षण तथा आयात, निर्यात भइरहँदा यस दिनको महत्वलाई विश्व समुदायले अझै पनि बुझ्न नसकेको देखिन्छ ।

‘सिरानीमा बन्दुक राखेर शान्ति र अहिंसाको सपना’देख्न खोज्ने प्रवित्ति जबसम्म हामी माझ रहि रहन्छ तबसम्म यस्ता दिवसहरू नारामा र भित्तामा झुण्डाइएका क्यालेण्डरका पानामा मात्र सीमित हुने छन् ।

विश्व अहिंसा दिवसको सुरुवातकर्ता तथा महात्मा गान्धीको देशमा आज हतियारको भण्डारण क्षमता कति प्रतिशतले बढाउने भन्ने विषयमा चर्चा हुनुले पनि गान्धीको जन्मजयन्ती तथा अहिंसा दिवस दुबैलाई प्रहार गरिरहेको छ । 

अहिंसा दिवस, मनाउनका लागि मात्र हो वा यस दिवसको महत्व तथा आवश्यकतालाई स्वीकार गर्ने हो ? भन्ने प्रश्न अहिले विश्व समुदाय माझ तेर्सिएको छ । 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ०७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शनिबार, असोज १६, २०७८

आज साउनको दोस्रो सोमवार
शनिबार, असोज १६, २०७८

आज साउनको दोस्रो सोमबार 
शनिबार, असोज १६, २०७८