महिलालाई प्रतिवन्ध लगाएपछि काबुलका क्यापस सुनसान

बिहीबार, असोज १४, २०७८
Global Ime Bank

काबुल । अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन् ।  तालिबान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस नगएकाले क्याम्पस सुनसान भएका हुन् ।   पहिला पहिला भीडभाड तथा चहलपहल हुने क्याम्पसहरूमा अहिले शान्त र सुनसान भएको शिक्षकहरूले जानकारी दिएका छन् । 
अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङटन पोष्टले प्रकाशित गरेको समाचारअनुसार क्याम्पसहरूमा पुरुषहरू मात्रै देखिएका छन् । 
तालिबान सरकारले महिलाहरूलाई शैक्षिक संस्थाहरूमा गएर अध्ययन अध्यापन गर्न, सार्वजनिक कार्यक्रममा सहभागी हुन, एक्लै घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । 
सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ भने छात्रा तथा शिक्षिकाहरूले पनि असन्तुष्टि जनाउँदै आएका छन् ।
विद्यालय गएका छात्राहरूलाई पनि इस्लामिक पोशाक लगाएर जानुपर्ने र कक्षामा छात्रहरूसँग राख्न नहुने मापदण्ड तय गरिएको छ ।  
तालिबान प्रवक्ता बिलाल कारिमीले भने महिलाहरूकै हितका लागि यस्ता व्यवस्था गरिएको दाबी गरेका छन् । अफगानिस्तानमा तालिबान विद्रोहीहरूले अघिल्लो महिना सत्ता कब्जा गरेपछि आफ्नो सरकार बनाउदै नयाँ व्यवस्थाहरू लागू गरेका छन् ।– एएनआई
 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  २१:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार