नेप्सेमा हरियाली, परिसूचक ५० अङ्कले बढ्यो

बुधबार, असोज १३, २०७८

काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५० अङ्कले बढेको छ । लगातार ओरालो लाग्दै आएको नेप्से परिसूचकमा आज हरियाली देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५०.५८ अङ्कले उकालो लागेर दुई हजार ६६५.९३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५८ अङ्कले उकालो लागेर ५०३.४६ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने उकालो लागेको छैन । कूल २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर रु पाँच अर्ब दुई करोड ८५ लाख ५५ हजार ९२ मा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ३१ अर्ब ८४ करोड ८१ लाख ६० हजारको हाराहारीमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर  उकालो लागेको छ । त्यसमा बैंकिङ २०.२९, व्यापार ७५.४३, होटल तथा पर्यटन ३२.९२, विकास बैंक १५०.६८, जलविद्युत् ११७.३४, वित्त १०७.४७, निर्जीवन बीमा २५५.८८, उत्पादन १०३.३६, अन्य ४१.४३, लघुवित्त ८८.०१, जीवन बीमा २१५.३८, सामूहिक लगानी कोष ०.०९ र लगानी दुई अङ्कले वृद्धि भएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  २१:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार