नयाँ पाठ्यक्रमका विरुद्ध परेको रिट सर्वाेच्चद्वारा खारेज 

पाठ्यक्रमको अन्योल हट्यो
मंगलबार, पुस २८, २०७७
Global Ime Bank


काठमाडौं । सर्वाेच्च अदालतले विद्यालय शिक्षामा नयाँ पाठ्यक्रम लागू गराउने नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको निर्णयविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । यो आदेशसँगै कक्षा ११ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई यसै शैक्षिक सत्रबाट कार्यान्वयन गर्न बाटो खुलेको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले आज सो आदेश दिएको हो । गत असोज २८ गते भागवता अर्यालले सो नयाँ पाठ्यक्रम लागू नगराउन माग गर्दै नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराउनुभएको थियो । ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएको हो ।
 

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  २१:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार