सिंहदरबार घरआँगनमा पुगेको अनुभूति

सातौँ संविधान दिवस 
शुक्रबार, असोज १, २०७८

मोरङ । नेपालको संविधान जारी भएपछि नागरिकले  आआफ्ना घरआँगनमा सिंहदरबार आएको अनुभूति गरेका छन् । संविधानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापछि निर्मित तीन तहका सरकारमध्ये स्थानीय सरकारबाट सुविधा प्राप्त भएपछि जनता खुशी छन् । संविधानअनुरुप निर्माण भएको प्रदेश नं १ का १४ जिल्लामा  १३७ स्थानीय तहअन्तर्गत  महानगरपालिका एक,  उपमहानगरपालिका दुई, नगरपालिका ४६ र  गाउँपालिका ८८ का  एक हजार ५७ वडामा ४५ लाख ४३ हजार ९४३ जनताको बसोबास छ । संविधानले दिएको अधिकारमा जनताले नागरिकता र राहदानीबाहेक अन्य सबै प्रकारका सेवासुविधा घरपायक पालिकाबाट प्राप्त गरिरहेका छन् । पालिकाबाट सबै सुविधा पाउन थालेपछि जनता सदरमुकाम धाउन छाडेका छन् ।  प्रदेश सरकारले यस क्षेत्रका जनताको आर्थिक विकासका लागि गरेका कार्यसमेत उल्लेखनीय  छ ।  नागरिकको सहजतालाई प्रदेश सरकारको  बहुवर्षीय गौरवको आयोजनाअन्तर्गत घिनाहाटघाट– विराट चोक २२ दशमलव पाँच किलोमिटर लम्बाइ र १६ मिटर चौडाइको सडक निर्माणाधीन छ । सो बाटो निर्माणसँगै यस क्षेत्रका जनताको जीवनस्तरमा निकै परिवर्तन आउने झोराहाट निवासी तुलसी चौधरीले बताए ।    
यसैगरी खेलकूदप्रति युवालाई आकर्षित गराउन विराटनगरको शहीद रङ्शालामा रात्रिकालीन बत्ती जडान सम्पन्न भएको छ । प्रदेश सरकारले नागरिकलाई सहज आवतजावत गराउन विभिन्न जिल्लामा प्रादेशिक निर्वाचन क्षेत्र लक्षित बहुवर्षीय ६२  सडक आयोजना ९८८४ दशमलव पाँच किमी० सडक अन्तर्गत ५१ वटाको सम्झौता भई कार्य शुभारम्भ भएको छ ।    वर्षात्मा जनतालाई खोलामा सहज आवतजावतका लागि केन्द्रबाट हस्तान्तरित चारसहित ३६ झोलुङ्गे पुल निर्माण सम्पन्न गरिएको छ ।
प्रदेश सरकारले  २०८ विद्यालयमा स्मार्ट कक्षा व्यवस्थापन गरी सञ्चालन गरेको छ जसबाट यस क्षेत्रका बालबालिकाले विश्वस्तरको ज्ञान प्राप्त गरी सक्षम नागरिक निर्माण हुने आशा गरिएको छ । यस क्षेत्रमा विज्ञान शिक्षकको कमीको कारण अध्ययनमा भएको बाधा हाटाउन २८ माध्यमिक विद्यालयमा शिक्षकको व्यवस्था गरिएको तथा ९२४ शिक्षकलाई पेशागत क्षमता विकास तालीम प्रदान गरिएको छ ।
आर्थिक समस्याका कारण उच्च शिक्षा अध्ययनमा समस्यामा परेका अपाङ्गता भएका ६४  विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । मनमोहन प्राविधिक विश्वविद्यालय स्थापनाबाट  यस क्षेत्रका उद्योगलाई आवश्यक  प्राविधिक जनशक्ति पदपूर्ति गर्नाका साथै रोजगारी वृद्धि गरी जनतामा क्रयशक्तिको समेत वृद्धि गर्ने छ ।
दुर्गम र पहाडी क्षेत्रमा प्राविधिक शिक्षाको अध्ययनअध्यापनबाट दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउन प्राविधिक विश्वविद्यालयले मद्दत गर्ने विश्वास लिन सकिन्छ । सोअन्तर्गत  प्रदेशका हिमाली तथा पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ्, सङ्खुवासभा, भोजपुर, तेह्रथुम र सोलुखुम्बुमा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने कार्य अगाडि बढाइएको छ । प्रदेशका ४१ विद्यालयमा भवन निर्माण र मर्मतसुधार अगाडि बढाइएको छ ।  
स्थानीय तहको साझेदारीमा एक हजार ५५६ महिला  र एक हजार २४४ पुरुषलाई प्रदेश ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रममार्फत दाँत लगाइने कार्यक्रमले हाँसो हराएको नागरिकले हाँस्न पाएका छन् ।
प्रदेश सरकार गठनपछि प्रदेशमा प्रयोगशालासहित ४० नागरिक आरोग्य केन्द्र स्थापना स्थापना गरिएको छ । यसैगरी आयुर्वेद सेवा सुदृढीकरणका लागि स्वास्थ्य आयुर्वेद स्वास्थ्य केन्द्र झापा, मोरङ, उदयपुर र  इलाम औषधालयमा करारमा जनशक्ति व्यवस्था गरिएको छ ।
कोरोना महामारीमा जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको यस क्षेत्रमा गरेको कार्यबाट देखिन्छ । प्रदेश सरकारले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि एचडियु, आयुसियु तथा भेन्टिलेर सेवासहित विराटनगरमा कोशी अस्पताल (कोभिड उपचार) केन्द्रमा सञ्चालनमा ल्याएको छ ।
यस्तै  मेची अस्पताल भद्रपुर झापाको स्तरोत्रति गरिनाका साथै प्रदेशका अन्य जिल्ला अस्पताल, स्वास्थ्यचौकीमा  आवश्यक सुरक्षा सामग्रीलगायत उपचार, औजार र औषधिसमेत व्यवस्था गरिएको छ । कोरोना परीक्षणको दायरालाई फराकिलो पार्न प्रदेश सरकारले छ स्थानमा पिसिआर परीक्षणको व्यवस्था मिलाएको छ ।
कोरोना समुदायमा नफैलियोस् भन्नाका लागि जिल्ला अस्पतालमा न्यूनतम १० शय्याको आइसोलन केन्द्र स्थापना गरिनाका साथै कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न सचेतनामूलक सन्देश प्रचारप्रसार गरिएको छ । प्रदेशका सबै जिल्लाका नागरिकलाई कोरोनाविरुद्धको  खोप अभियान सञ्चालन गरिएको छ । जनताको स्वास्थ्य परीक्षण सहज, गुणस्तरीय र विश्वसनीय बनाउनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाको क्षमता अभिवृद्धि गरिनाका साथै आफ्नो भवन निर्माण शुरु गरिएको छ ।
प्रदेश नं १ सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले जनताको स्वास्थ्यप्रति सरकार सचेत भएकाले  अहिलेसम्मका प्रदेशका २० प्रतिशत जनतालाई कोभिडविरुद्धको खोप लगाइएको बताए । 
उनका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा ६० प्रतिशत जनतालाई खोप लगाउने लक्ष्यानुरु कार्य भइरहेको  छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुलीले नागरिकलाई आफ्नो सरकार छ भन्ने अनुभूति गराउन कोरोना महामारीको पहिलो तथा दोस्रो लहरमा निःशुल्क पिसिआर परीक्षण, अक्सिजन तथा वडामा कोरोनाविरुद्धको खोपको व्यवस्था गरिएको बताए । 
विराटनगर– ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने नागरिकले आफ्नो घरनजीकको स्वास्थ्यसहितको सम्पूर्ण सुविधाप्राप्त गरेकाले सङ्घीयताको सफल कार्यान्वयन हुँदै गरेको  मत राख्छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १३:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, असोज १, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, असोज १, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, असोज १, २०७८