मोबाइल, कपडा, चेक किनारमै छाडेर भेरी नदीमा हामफालिन् महिला

बिहीबार, भदौ ३१, २०७८

सुर्खेत । भेरी नदीमा एक अपरिचित महिलाले हाम फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हामफालेकी हुन् ।  आफू मलामी गएको बेला भेरी नदी किनारबाट महिलाले हामफालेको प्रदेश सभा सांसद पदमा खड्काले बताइन् । ‘नदी किनारामा केही कागज र कपडा छन्, प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन,’ उनले भनिन्, ‘तत्काल उनको खोजी र पहिचानका लागि प्रहरीचौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं ।’  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पनि घटनास्थलमा प्रहरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताए ।  नदीमा हाम फालेकी महिलाले नदी किनारमा केही सामान छाडेकी छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १५:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार