राजमार्गको नालीमा भेटियाे मृत चितुवा

बिहीबार, भदौ ३१, २०७८

तनहुँ , तनहुँको म्याग्दे गाउँपालिका-२ माथिल्लो गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको छ । पृथ्वी राजमार्गको नालीमा चितुवा भेटिएको हो । करिब १२ वर्ष उमेरको भाले चितुवा मृत अवस्थामा फेला परेको सवडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले बताए । ‘चितुवा सडेको अवस्थामा सडकको नालीमा फेला परेको हो । गन्हाउन थालेपछि स्थानीयले देखेर खबर गरेका थिए’, उनले भने । उनका अनुसार चितुवाको शरीरमा कुनै प्रकारको चोट देखिएको छैन । ‘नालीमा भएकाले पानीले पखालेर होला रगत पनि देखिँदैन । सडकमा गाडीसँग ठोक्किएर नालीमा खसेको पनि हुन सक्छ’, रानाभाटले भने । उक्त चितुवा कार्यालय परिसरमा गाडिएको उनले जानकारी दिए । तनहुँमा पछिल्ला वर्ष चितुवाको बिगबिगी बढ्दो छ  । 


 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १४:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार