जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो ... 

बिहीबार, भदौ ३१, २०७८

महाराष्ट्र । भारतको एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको हो । बालिकाको एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खरतामुक्त रहेको बताइन्छ । बालिकालाई कोब्राले घाँटीमा बेरेको भिडियो सामाजिक सञ्जालमा भाईरल  भएको छ । भिडियोमा पुर्भा गडकरीलाई उनको घरभित्र बेडमा कोब्राले बेरेको देखिन्छ । कोब्राले बेरेपछि त्रसित बालिका बेडमा छटपटिएको देखिन्छिन् । कोब्रालाई थप उत्जेति हुनबाट रोक्न सर्प पक्डने व्यक्ति नआउन्जेल बालिकालाई नचलि बस्न अभिभावकले सुझाएको भिडियोमा सुन्न सकिन्छ । सुझाबअनुसार बालिका झन्डै दुई घन्टासम्म  सुतेको देखिन्छ । अन्त्यमा सर्प आफै बालिकाको घाँटीबाट चिप्लिएर खसेपछि उनको पाखुरामा टोकेको थियो । कोब्राले छोडेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १३:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार