चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

बिहीबार, भदौ ३१, २०७८

चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ ।  बिहीबार बिहान गएको सो भूकम्पको गहिराई १० किलोमिटर छ । अमेरिकी भूर्गभ सर्वेक्षण निकायले भने सो भूकम्प ५ दशमल ४ म्याग्निच्युड भएको जनाएको छ ।  भूकम्पबाट चोङकिङ सहरदेखि दक्षिणपश्चिमको क्षेत्र प्रभावित भएको जनाइएको छ । सो क्षेत्रमा केही संरचना भत्किएका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १२:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार