पाँच केजी चाँदीसहित सिरहाबाट दुई जना पक्राउ 

बिहीबार, भदौ ३१, २०७८

सिरहा । सिरहा प्रहरीले पाँच केजी चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । भारतको मधुवनी जिल्ला खुटोनाका रवी महतो र पिन्टु महतो सिरहाको ठाडी नाकाबाट पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका दुबै जना इलाका प्रहरी कार्यालय लहानकाे  नियन्त्रणमा छन् । प्रहरी स्रोतका अनुसार उनीहरू लहानका सुनचाँदी व्यावसायीबाट चाँदी किनेर तस्करी गर्न लागेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार