अखिल क्रान्तिकारी धनकुटा अध्यक्षमा लिम्बु

बिहीबार, भदौ ३१, २०७८

धनकुटा । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी धनकुटाको अध्यक्षमा सीताराम लिम्बु चयन भएका छन् । बुधबार राति  सकिएको आठौँ जिल्ला सम्मेलनले उपाध्यक्षमा नवीन पौडेल र सुस्मिता राई, सचिवमा साजन राई, सहसचिवमा सुनिल थापा र सरू शिवा तथा कोषाध्यक्षमा शुभेक्षा लिम्बुलाई चयन गरेको हो ।  पदम रखालमगर केन्द्रीय कमिटी तथा रोशन खड्का र सञ्जीव लिम्बुलाई प्रदेश कमिटीमा सिफारिस गरिएको अखिल क्रान्तिकारी प्रदेश १ सहसंयोजक इन्द्र विष्टले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार