सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । अपाङ्गता भएका ५० जनालाई कोसेली स्वरुप खाद्य सामग्री प्रदान गरिएको छ । स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुर र फेज नेपालको समन्वयमा उनीहरुलाई सहयोग सामग्री प्रदान गरिएको हो । यसका लागि यूएसएआइडीले गरेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगर वडा नं २का वडा अध्यक्ष राजेश महर्जनले ललितपुर महानगरपालिकाले अपाङ्गता भएकाको आवश्यकतालाई प्राथमिकतामा राखेको बताए । ललितपुर महानगरले अपाङ्गता भएकाको सहजताको लागि अपाङ्गता मैत्री सवारी साधन , लिफ्ट र भौतिक संरचना पनि अपाङ्गता मैत्री बनाएको जानकारी दिए । स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले अपाङ्गता भएकाहरुको आवश्यकतालाई अधिकारमुखी अवधारणाबाट हेर्नुपर्ने बताए । उनले ललितपुर महानगरले अपाङ्गता भएकाको आवश्यकतालाई अधिकारमुखी अवधारणाबाट हेरेको स्पष्ट पारे । महासचिव कृष्ण गौतमले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा स्थानीय तह गम्भीर हुनुपर्ने बताए । उनले ललितपुर महानगरले अपाङ्गता क्षेत्रमा आशलाग्दो काम गरेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा एक वर्ष अघि फर्निचर उद्योग संचालन गर्दै गर्दा एकतल्ला माथिबाट खसेर मेरुदण्डमा चोट लागेको धनीराम बीसीलाई ३० हजार प्रदान गरेको थियो । कार्यक्रममा स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका कोषाध्यक्ष उदय लिम्बु, परियोजना व्यवस्थापक सन्देश भट्टराई, संयोजक भरत बीसी लगायतको उपस्थिति थियो ।