‘प्रतिबद्धता अनुसार ९० प्रतिशत काम पुरा भएका छन् ’ चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी (भिडियाे)

बुधबार, भदौ ३०, २०७८

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले स्थानीय तहको निर्वाचनका बेला गरेका घोषणापत्रमा उल्लेख गरेका मध्ये ९० प्रतिशत काम सकेको बताए । पर्यटकीय स्थल धेरै भएको यो नगरपालिकामा अबको दुई–तीनमहिनाभित्र सबैको घरघरमा पानी सहितको धारा पुग्नेछ । प्राचीन संस्कृति र सम्पदा सहितको नगरपालिकाको आफ्नै भवन निर्माण सम्पन्न हुने क्रममा छ । भुकम्पमा भत्किएका अधिकांश सम्पदाको पुनःर्निर्माण सम्पन्न भइसकेको छन् । चन्द्रागिरि नगरपालिकामा पर्ने नागढुङ्गा सुरुङ मार्गको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ । यो मार्ग बनिसक्दा यो नगरपालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष थुप्रै फाइदा हुने नगरप्रमुख गिरी बताउँछन् । सुरुङ मार्ग निर्माणले जनताको जीवनस्तर उन्नत हुने बताउँदै भन्छन् ‘आर्थिक उपार्जनका काम अधि बढ्छन् ।’ नगरपालिकाभित्रको फोहोर व्यवस्थापन भने चाहे जसरी गर्न नसकेको बताउँछन् उनी । निजी क्षेत्रबाट फोहोर व्यवस्थापनको काम भएको छ नगरपालिकामा अहिले । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि योजनाबद्ध ढंगबाट काम थालेको उनले बताए । चन्द्रागिरि नगरपालिकाभित्र भएका विकास निर्माण लगायतका विषय नगरप्रमुख घनश्याम गिरीसँग गरिएको कुराकानीः

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १४:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार