टावरबाट खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु

बुधबार, भदौ ३०, २०७८

सिन्धुपाल्चोक ।  अपर तामाकोसी जलविद्युत आयोजनाको प्रसारण लाइनको टावर बनाउने क्रममा खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१३, जल्किने नर्सिङडाँडामा टावर बनाउने क्रममा भारतीय नागरिक शेख मतिउरको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । २६ भदौैमा टावरको करिब १३ फिटमाथिबाट उनी खसेका थिए । टाउको, छाती तथा शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल भक्तपुर लगिएको थियो । उपचारको क्रममा आज उनको मृत्यु भएको हो । २८ वर्षीय मतिउर एलएनटी कम्पनीका ठेकेदारमार्फत टावर निर्माण गर्दै आएका थिए । उनको शव पोस्टमार्टम गरी भारत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार