सार्वजनिक बिदाको दिन पनि नर्भिककाे ओपीडी खुल्ने

मंगलबार, भदौ २९, २०७८

काठमाडाैं । थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिबार र सार्वजनिक बिदाका दिनहरूमासमेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । तीजको बिदाको दिन पनि नर्भिकले ओपिडी सेवा सञ्चालन  गरेको थियो । अब भने यो क्रमलाई निरन्तरता दिंदै शनिबार र अन्य सार्वजनिक बिदाका दिनहरूमा समेतओपिडी सेवा सञ्चालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् । - न्युज कारखाना

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार