सोसल मिडिया
Contact Us
युनिकोड
जकार्ता । इन्डोनेशियाको राजधानी जकार्ताबाट अनुमानित ६२ जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ । श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले बताएका छन् । उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइट रडार डटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो ।
प्रत्यक्षदर्शीका बयान प्रत्यक्षदर्शीहरूले कम्तिमा एउटा विष्फोटन देखेको बताएका छन् । माछा मारिरहेका एकजना व्यक्ति सोलिहिनले बीबीसी इन्डोनेशियाली सेवासँग कुरा गर्दै दुर्घटना देखेपछि आफ्ना क्याप्टेनले जमिनतर्फ फर्कने निर्णय गरेको बताए । उनले भने ‘विमान विजुली चम्किए जसरी समुद्रमा खस्यो र पानीमा पड्कियो । त्यो हामीबाट नजिकै भएको थियो । प्लाइवुडजस्तो एउटा अवशेषले झण्डै हाम्रो पानीजहाजलाई ठोकेको थियो ।’ विमान बेपत्ता भएको क्षेत्र नजिकैको एक टापुका केही बासिन्दाहरूले आफूहरूले विमानको जस्तो लाग्ने वस्तु भेटेको बताएका छन् ।
असहज प्रश्न सो विमानसँग अन्तिमपटक स्थानीय समयअनुसार २ बजेर ४० मिनेट जाँदा सम्पर्क भएको बताइएको छ । देशको यातायात मन्त्रालयले खोजी कार्य भइरहेको जनाएको छ । विवरणहरूका अनुसार बोइङ ७३७–५०० मोडलको उक्त विमान २७ वर्ष पुरानो हो । त्यति पुराना विमान अझै सेवामा रहनु कुनै असामान्य कुरा भने होइन । तुलनात्मक रूपमा कमजोर उड्डयन सुरक्षा रेकर्ड रहेको इन्डोनेशियाका विमान सेवाहरूले एक दशकभन्दा बढी समय युरोपमा उड्नका लागि प्रतिबन्ध सामना गरेका थिए । सन् २०१८ मा त्यो हटाइएको थियो । पछिल्ला वर्षमा बोइङका ७३७ म्याक्स मोडलका दुईवटा विमान ठूला दुर्घटनामा परेका थिए । तीमध्ये पहिलो दुर्घटना सन् २०१८ को अक्टोवरमा इन्डोनेशियाको लायन एयरको उडानमा भएको थियो जसमा १८९ जनाले ज्यान गुमाएका थिए ।