त्रिवि र आंशिक प्राध्यापकबीच सहमति

एक शैक्षिक सत्र पठाएका प्राध्यापकले करारमा नियुक्ति पाउने 
शनिबार, पुस २५, २०७७
Global Ime Bank

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक संघबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र संघबीच शुक्रबारराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार)मा नियुक्ति दिने सहमति भएको  छ । यसरी नियुक्त शिक्षकले क्याम्पसको आन्तरिक स्रोतबाटै पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने र त्यस्ता शिक्षकले त्रिविको प्राज्ञिक अध्ययन तथा अनुसन्धानमा पनि समावेश हुन पाउने छन् । संघका प्रचार विभाग सदस्य सुरेश भट्टराईका अनुसार एक शैक्षिकसत्र अध्यापन गरेका आंशिक शिक्षकलाई त्रिवि सेवा आयोग प्रवेशमा उमेर हद नलाग्ने गरी नियम संशोधन गर्न विश्वविद्यालयले प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ ।  सहमतिमा विश्वविद्यालयका तर्फबाट वार्ता समितिका संयोजक सहप्रा. विष्णुप्रसाद खनाल र संघका तर्फबाट मोहनप्रसाद घिमिरेलगायतको हस्ताक्षर रहेको छ । हाल त्रिविमा करीव दुई हजार आंशिक प्राध्यापक छन् ।
 

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  १९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार