क्रसर उद्योगले जुम्ला सडक खण्ड जोखिममा

सोमबार, भदौ २८, २०७८

जुम्ला । कर्णाली राजमार्गको जुम्ला सडक खण्डअन्तर्गत चन्दननाथ नगरपालिका- ७ खलचौरको बेहुलाबेहुली ढुंगामा गिट्टी बालुवा उत्खनन गर्दा सडक नै जोखिममा परेको छ । कठायत कन्स्ट्रक्सन क्रसर उद्योगले गरिरहेको बालुवा, गिट्टी उत्खननले सडक जोखिमपूर्ण भएको हो । नियामक निकाय तथा स्थानीय सरकारको ध्यान नपुग्दा सार्वजानिक राजमार्गम क्षति पुगेको छ । निर्माण व्यवसायी राजुसिंह कठायतले आफ्नो नापी गरेको सडको छेउ नजिक रहेको पाखो जमिनमा गिट्टी, बालुवा उत्खनन गर्दा सडक भत्किने अवस्थामा पुगेको स्थानीयको भनाइ छ । उत्खनन एकातिर प्राकृतिक सुन्दरता हराउँदै गएको छ भने अर्कोतिर बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक बिपत्तिका जोखिमसमेत बढेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । उनले भनिन्, 'सडकको मुख्य भागमा छ्याप्छ्याप्त्ती बालुवा, गिट्टीको उत्खनन गर्दा यातायात संचालन गर्न जोखिम भएको हो । बालुवा, गिट्टीको उत्खनन गर्दा ठूलो खाल्डोसमेत परेको छ । यस सकडको केही भाग समेत भासिएको छ । प्रमुख जिल्ला अधिकारी प्रसाईंको नेतृत्वको सुरक्षा निकायको टोलीले स्थलगत अनुगमन पनि गरेको छ । मानवीय क्षति हुने जोखिम बढेकाले उत्खनन कार्य रोकेर तत्काल खाल्डोमा पुर्नसमेत सुरक्षा निकायको टोलीले निर्देशन दिइएको छ । सडक भत्किने गरी जिल्लामा छ्याप्छ्याप्त्ती बालुवा, गिट्टीको उत्खनन भइरहँदा स्थानीय निकाय भने मौन छ । वातावरण प्रभाव मूल्याकंन नगरी जथाभावी बालुवा, गिट्टी निकाल्न मिल्दैन तर कसैले स्थानीय तहसँग समन्वय नगरेका जनप्रतिनिधिहरू बताउँछन् । व्यवसायी कठायत जुम्लाका नेपाली कांग्रेसका नेतासमेत रहेका हुन् । यस विषयमा बुझ्न खोज्दा कठायतले फोन उठाएनन् । -दिलमाया शाही/न्युज कारखाना

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार