हुण्डी कारोबारीकाे हेल्मेटभित्र पाँच लाख रुपैयाँ भेटियाे

सोमबार, भदौ २८, २०७८

काठमाडौं । पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक जनालाई पाँच लाख रुपैयाँसहित पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा पर्साले वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटमा ४३ वर्षीय महमद आसिफ अन्सारीलाई पक्राउ गरेकाे हाे । टोलीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२५ प ८७६२ नम्बरको  मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेकाे हाे । वीरगञ्जका अन्सारीले हेल्मेटभित्र पाँच लाख रुपैयाँ लुकाएकाे पाइएकाे प्रहरीकाे दाबी छ । उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । -न्युज कारखाना

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १२:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार