अमेरिकी सेनाको नाकै अगाडि बस्थेँ, तैपनि पक्राउ गर्न सकेनन्

तालिवान प्रवक्ता मुजाहिद
सोमबार, भदौ २८, २०७८

काबुल । तालिवान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले दुई दशक लामो द्वन्द्वमा आफूलाई प्रमुख दुस्मन ठान्ने अमेरिकाको नाकै अगाडि बस्दा पनि उसले पक्राउ गर्न नसकेको टिप्पणी गरेका छन् । युद्धमा अमेरिकाले आफूलाई ‘भूतजस्तै’ सोचेको भन्दै उनले अमेरिकी सेनामाथि व्यंग्य गरेका छन् । लामो समय भूमिगत रहेका मुजाहिदले उत्तरपश्चिम पाकिस्तानको नाउसेरास्थित हक्कानी विश्वविद्यालयमा अध्ययन गरेको बताए । उनले अध्ययन गरेको पाठशाालालाई ‘तालिवानको विश्वविद्यालय’समेत भनिन्छ । ‘अमेरिका र अफगान फौजले मेरो अस्थित्व छ भनेर कहिल्यै सोचेन,’ पाकिस्तानको दी एस्सप्रेस ट्रिब्युनलाई दिएको एक अन्र्तवार्तामा उनले भनेका छन् । अमेरिकाले गरेको छापा र हमलाबाट आफू धेरै पटक बचेको उनले खुलासा गरेका छन् । ‘उनीहरुको छापा र पक्राउ प्रयासबाट म धेरै पटक जोगिए । अमेरिकीको दिमागमा जाबुहिल्ला मान्छे भन्दा पनि अर्कै प्राणी हो भन्ने थियो । ’ उनले भने । आफू अफगानिस्तानमा स्वतन्त्र ढंगले हिँडडुल गरेको उनले बताए । ‘म लामो समय राजधानी काबुलमा सबैको नाकै अगाडि बसेको थिए । म आनन्दले देशभर घुम्थे । युद्धको गोप्य र पहिलो सूचना पाउँथे । ’  उनले भने । ४३ वर्षे मुजाहिदले द्वन्द्व अवधिभर आफ्नो अनुहार सार्वजनिक गरेनन् । 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार