रहेनन् कांग्रेस नेता महतो 

आइतबार, भदौ २७, २०७८


सुदूरपश्चिम । नेपाली कांगे्रस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । रक्तचापका कारण अचानक छाती दुखेपछि उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो । पञ्चायतकालदेखि नै कांग्रेसको राजनीतिमा लागेका उनी कैलाली कांग्रेसका लोकप्रिय र निष्ठावान नेता थिए । कांग्रेसका नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापना र पुन:स्थापनाका लागि भएका आन्दोलनमा तत्कालीन संविधानसभाका सदस्य उनको महत्वपूर्ण योगदान रहेको कांग्रेसका नेता रामजनम चौधरीले बताए । उनकी श्रीमती तीन छोरा र तीन छोरी छन् । स्व महतोको स्थानीय पथरैया नदी किनारको सोनपुरघाटमा आजै अन्तिम संस्कार गर्न लागिएको कांग्रेसका क्षेत्रीय सभापति भक्त थापाले जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार