सोसल मिडिया
Contact Us
युनिकोड
लामो समय बालसाहित्यमा योगदान पुर्याएका स्रष्टा डम्बर रसिक भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार २०७८’ प्रदान गरिएको छ । मित्र प्रतिष्ठानका समन्वयमा दु:खी प्रकाशनले प्रदान गरेको सो पुरस्कारको राशि नगद रु ११ हजार १११ पुरस्कार राशिसहित दोसल्ला र पुरस्कारपत्र छ । प्रदेशसभा सदस्य दुलालले भारतीलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा स्रष्टा रसिकको व्यक्तिचित्र कवि चन्द्रप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए । कार्यक्रमकै बीच दु:खी प्रकाशनले चार जेहेन्दार विद्यार्थीलाई पोशाक र स्टेशनरी सामग्री प्रदान गरेको थियो ।