बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्म शमशेर राणाको निधन

शनिबार, भदौ २६, २०७८

काठमाडौं  :  बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रवन्धक निर्देशकसमेत बनेका राणाको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा ८५ वर्षको उमेरमा निधन भएको हो । राणा मिर्गौला, मधुमेह र रक्तचाप सम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए । नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेर राणाका कान्छा छोरा रहेका उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए । उनी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव पनि बनेका थिए । काठमाडौं बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको परिवारजनले जानकारी दिएको छ ।  उनको शनिबार दाहसंस्कार गरिने भएको छ।

 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  ०९:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार